लालपुर्जा भनेकाे के हो? जान्नैपर्ने कुराहरू र यसलाइ सामान्य व्यत्तीले पनी कसरी सजिलै बुझ्ने।

लालपुर्जा के हो?
लालपुर्जा भनेको जग्गाको स्वामित्व प्रमाणित गर्ने आधिकारिक कागजात हो। लालपुर्जा नेपाल सरकारको मालपोत कार्यालयले जारी गर्ने जग्गाको स्वामित्व प्रमाणपत्र हो। यसले जग्गाको मालिक को हो, जग्गा कहाँ छ, र कति क्षेत्रफल छ भन्ने कुरा स्पष्ट गर्छ। यो कागजात जग्गा खरिद-बिक्री, हक हस्तान्तरण, वा विवाद समाधानमा प्रयोग हुन्छ। नेपालमा यो जग्गा सम्बन्धी सबैभन्दा महत्त्वपूर्ण कानुनी दस्तावेज मानिन्छ। यो ब्लगमा हामीले लालपुर्जाको विभिन्न पक्षलाई नमुना लालपुर्जामा देखाइएका नम्बरहरू (1 देखि 14) को आधारमा बुझ्ने प्रयास गर्नेछौं।
लालपुर्जाका मुख्य पक्षहरू (नमुना लालपुर्जाको आधारमा)
1. सरकारी लोगो र शीर्षक
लालपुर्जाको माथिल्लो भागमा नेपाल सरकारको लोगो र "भूमिसुधार मालपोत कार्यालय" लेखिएको हुन्छ। यसले यो कागजात सरकारी र आधिकारिक भएको प्रमाणित गर्छ। यसमा लगाइएकाे छाप हेरेर कुन मालपाेत कार्यालयबाट याे पुर्जा निकालिएकाे वा प्रमाणीत गरिएकाे भन्ने थाहा हुन्छ। माथी भएकाे पुर्जा अनुसार याे मालपाेत कार्यालय कलङ्कीकाे हाे।
2. जग्गाधनी सकेत नम्बर
"जग्गाधनी सकेत नम्बर" भनेकाे ब्यक्ती पुरुष भए P पछि M जोडिन्छ PM त्यस्तै महिलामा PF / तेस्रो लिंगमा PT हुन्छ र बाकी नम्बरहरु क्रमैसंग सिस्टममा भएकोमा बढ्दै जान्छ। यो ११ अंक को हुन्छ । संस्थाको लागी पनि O बाट शुरु भइ संस्थाको प्रकार अनुसार जग्गाधनी सकेत नम्बर निकालिएकाे हुन्छ जस्तै (OG – सरकारी, OS – सामाजिक, OO – सरकारी कार्यालय, OT - अन्य). हाम्राे माथी रहेकाे पुर्जामा भएकाे संकेत नम्बरले पुरूष र महिलाकाे स्वामित्व भएकाे देखाएकाे छ।
3. साबिक कित्ता नम्बर
"साबिक कित्ता नं." ले जग्गाको पुरानो कित्ता नम्बरलाई जनाउँछ (जस्तै: २५८), जुन जग्गा टुक्राउँदा परिवर्तन हुन सक्छ। तर माथीकाे पुर्जाकाे हकमा नयाँकाे र पुरानाे कित्ता नं. दुरूस्तै रहेकाे छ। प्राय ठुलाे राेपनी भएकाे जग्गाबाट कित्ताकाट गरेर साना जग्गा टुक्रा गर्दा नयाँ कित्ता नं. परिवर्तन हुन्छ र नयाँ नम्बर प्रिन्ट हुन्छ।
4. जग्गा नामसारी गरिएकाे मिति
यस पुर्जामा लेखिएकाे मिति २०८१/१२/११ काे अर्थ हुन्छ याे जग्गा साे मितिका दिन पुरानाे जग्गा धनीबाट नयाँ जग्गा धनीमा जग्गा नामसारी भएकाे बुझीन्छ। वा सजिलाे गरेर बझ्दा याे जग्गा उत्त मितिमा खरिद बिक्रि गरीएकाे हाे।
5. जग्गा हक नामसारी कसरी भएकाे भन्ने जानकारी
याे स्थानमा सधै उत्त जग्गा पुरानाे जग्गा धनीबाट नयाँ जग्गा धनीका नाममा कसरी नामसारी भएकाे भन्ने जानकारी सहित राखिएकाे हुन्छ। धेरै प्रयाेग हुने नामसारीकाे प्रकार राजीनामा लिखित पारित भन्ने हुन्छ, भनेकाे परिवार बाहेकका अन्य व्यत्तीहरूसँगकाे किनबेच भन्ने बझ्नुपर्दछ। यसका अन्य प्रकारहरू (जस्तैः सट्टापट्टा, सगाेलनामा, छाेडपत्र, दर्ताफारी, बकसपत्र, अंशवण्डा, अंश भरपाइ, मानाे छुट्टीएकाे, मानाे जाेडिएकाे, मृत्युपछीकाे नामसारी) रहेका छन्। माथीकाे पुर्जा अनुसार जग्गाधनीकाे मृत्यु पस्चात जग्गाधनीकाे अंशियारहरूमा नामसारी भएकाे देखिन्छ।
6. साविक ठेगाना
यहाँ उल्लेख हुने ठेगानाले जहिले पनी उत्त जग्गा भएकाे ठाउँकाे साविक ठेगानालाइ जनाउने गर्दछ। याे प्राय गरी हालकाे प्रशासनिक ढाँचा अनुसार पालिका, प्रदेश भनेर नहुन सक्छ र यसकाे प्रयाेग उत्त जग्गाकाे नेपाल सरकार अनुसार न्युनतम मुल्याङ्कन कती छ भनेर पत्ता लगाउन गरिन्छ। माथीकाे पुर्जा अनुसार याे जग्गा काठमाडाैँ म.न.पा. (कलंकी) १४ नं वडा रहेकाे देखिन्छ।
7. नक्सा सीट नं
नापी कार्यलयले नापी गर्दा बिभिन्न क्षत्रहरूलाइ साना साना प्रिन्ट गर्न सहज हुने गरी जग्गा नापेकाे हुन्छ र जमिनमा नापेकाे जग्गालाइ पानामा उतार्न सजिलाे हुने गरी यसकाे स्केल घटाएर कम्पुटरमा राखिएकाे हुन्छ। याे नं नापी नक्सा निकाल्दा त्यसकाे माथीकाे भागमा लेखिएकाे नक्सा सिट नं. सँग मिल्नुपर्छ। यसलाइ हेरेर नापी कार्यालयमा नक्सा प्रिन्ट गर्न सहज हुन्छ।
8. कित्ता नं.
"कित्ता नं." ले जग्गाको नयाँ कित्ता नम्बर (जस्तै: २५८) जनाउँछ जुन हाल कायम भएकाे कित्ता नम्बर हाे। यो नापीको समयमा निर्धारण गरिएकाे हुन्छ र क्रमश जग्गा टुक्राउँदा वा कित्ता मिलान गर्दा नयाँ बन्ने कित्ता परिवर्तन हुँदै जान्छ।
9. विवरण (घर, आबादी, इत्यादी)
याे शिर्षक अन्तरगत रहेकाे आबादी भनेकाे खनजाेत भएकाे भन्ने बुझ्नुपर्दछ र रैकर निजी भनेकाे निजी स्वामित्वकाे मानिन्छ। रैकर जग्गा राज्यलाई कर बुझाएर उपभोग गर्न पाउने जग्गा भनेर बुझ्दा सहज हुन्छ।
10. जग्गाधनीकाे हकहिस्सा
यसकाे अर्थ उत्त जग्गाकाे स्वामित्व कस्ताे प्रकृतीकाे छ भन्ने बुझिन्छ। जस्तैः एकल, पुरा संयुत्त, एकलाैटी वा माेही छ छैन भन्ने विवरण यसले जनाउँछ। माथीकाे पुर्जाकाे हकमा दुइजना जग्गा धनी भएका कारण याे संयुत्त भनिएकाे हाे।
11. किसिम वा वर्ग
जग्गालाई अब्बल, दोयम, सिम र चाहार गरी ४ भागमा विभाजन जयस्थिति मल्लकाे पालामा गरिएकाे हाे। राजा प्रतापसिंह शाहका पालादेखि अझ बिशेष गरी जग्गाका स्वरूपमा भुमिलाइ यी चार भागमा वर्गीकरण गरी साेहीअनुसार कर निर्धारण गर्ने गरेकाे पाइन्छ। विस १९६० मा चन्द्र शमसेरले जग्गालाई अब्बल, दोयम, सिम र चाहार गरी ४ वर्गमा वर्गीकरण गरी विस १९६४ मा सपर्ट नापीपछि जग्गाको किसिम अनुसार तिरो लिने व्यवस्था गरियो ।अब्बल भनेकाे एकदमै राम्राे जमिन जसमा धेरै उप्तादन हुने र कर पनी सबै भन्दा बडी लाग्ने, दाेयम भनेकाे खेती याेग्य जमीन, र चाहार भनेकाे भिर पाखाे भन्ने बुझिन्छ।
12. क्षत्रफल/व. मि.
जग्गाधनीकाे जग्गाकाे क्षत्रफल कती छ भन्ने कुरा यहाँबाट थाहा हुन्छ। पहाडमा यसलाइ (राेपनी, आना, पैसा, दाम) भनेर भनिन्छ, भने तराइमा यसलाइ (विघा, कठ्ठा, धुर) भनेर छुट्टाइन्छ। हाल लालपुर्जाहरूमा व.मि. भनेर वर्ग मिटरमा पनी दिने गरेकाे पाइन्छ। माथीकाे पुर्जामा भएकाे क्षत्रफल ३१७.९० व.मि. भनेकाे ०-१०-०-० (१० आना हुन जान्छ)।
जग्गाकाे युनिट राेपनीबाट आना, पैसा, दाम,विघा, कठ्ठा, धुरमा परिवर्तन गर्न यस लिङ्कमा क्लिक गर्नुहाेस्ः
https://urbano.com.np/unit-naptol
13. प्रिन्ट गरेको मिति
"प्रिन्ट गरेको मिति" (जस्तै: २०८१/१२/११) भन्नाले मालपाेत कार्यालयले कुन दिन प्रिन्ट गरेर दिएकाे वा लालपुर्जा छापिएको मिति जनाउँछ।
14. हस्तलिखित मिति र हस्ताक्षर
हस्तलिखित मिति (जस्तै: २०८१/१२/११) हस्ताक्षरले लालपुर्जा जारी भएको मिति र आधिकारिकताको पुष्टि गर्छ।
At Urbano Real Estate, we are committed to navigating this dynamic landscape, offering premium properties in Kathmandu, Lalitpur, Bhaktapur, and Kavre, alongside professional valuation services that honor Nepal’s heritage and embrace its future. Explore our offerings at https://urbano.com.np/ or contact us at 9765202240 to engage with Nepal’s vibrant real estate legacy.
